काठमाडौंबाट बारा आउदै गरेको मोटरसाइकल भिमफेदीमा दुर्घटना, बाराका २ जनाको मृत्यु

सेयर गर्नुहोस्

बारा, वैशाख २१ गते

काठमाडौंबाट आउदैगरेको मोटरसाइकल मकवानपुरको भिमफेदीमा बुधवार साँझ दुर्घटना हुँदा बारा प्रसौनीका दुई जनाको मृत्यु भएको काठमाण्डौबाट बारा आउँदै गरेको बाग्मती प्रदेश ०२०२० ४२३७ नम्बरको मोटरसाइकल भिमफेदी गाँउपालिका जुरिखेतस्थित सडकबाट करिब दुई सय फिट तल खसेर दुर्घटना भएको हो

मृत्यु हुनेमा प्रसौनी गाँउपालिका का २५ वर्षीय लालबाबु सहनी २० वर्षीय रविन्द्र मण्डल रहेका छन् दुर्घटनामा परी सहनीकोअस्पतालमा मण्डलको घटनास्थलमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको

दुर्घटनाको सूचना पाएपछि भिमफेदीबाट खटिएको प्रहरी टोलीले सहनीलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेको थियो उनकोउपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो प्रहरीले मण्डलको शव भने बिहिवार विहान मात्रै घटनास्थलमा फेला पारेकोथियो घटनास्थलमा बिहान खोजी गर्ने क्रममा मण्डलको शव भेटिएको प्रहरीले जनाएको