घट्यो सुनचाँदीको भाउ

सेयर गर्नुहोस्

काठमाडौँ, वैशाख ११ गते ।

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबा तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला २ सय रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ५ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार १ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।