धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सेयर गर्नुहोस्

धनुषा, चैत्र २३ गते ।

धनुषामा सवारी दुर्घट्नामा परि एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहरपुरस्थित औरही पुलमा ट्रकले मोटरसाइकलमा ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर मोटरसाइकल चालक २२ वर्षीय युवराज महतोको रहेका छन् । बुधबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहरपुरस्थित औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले महतोले चलाइरहेको प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उक्त दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।