सुनको मूल्य घट्यो

सेयर गर्नुहोस्

बारा, चैत्र २३ गते ।

नेपाली बजारमा सुनको मूल्य आज तोलामा आठ सयले घटेको छ । बुधबार तोलामा २ हजारले बढेको सुनकाे मूल्य आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ४३५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको हो ।