जनकपुरमा कल सेन्टर चलाएर ठगी गर्ने २३ जना पक्राउ

सेयर गर्नुहोस्

जनकपुर,२१ चैत ।

जनकपुरमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् । जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

ठगी गर्ने कल सेन्टरमा छापा हानेर ९ महिलासहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले इन्टरनेट जोडेर प्रयोग गरेका ३० वटा कम्प्युटर र तयारी अवस्थामा रहेका ६० वटा कम्प्युटर पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट दुईवटा मोटरसाइकल पनि बराम गरिएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले बताए । उक्त कल सेन्टरका मुख्य संचालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरी प्रवक्ता गौतमले बताएका छन् ।