सर्लाहीको एक निजी स्कूलबाट शिक्षक लागूऔषधसहित पक्राउ

सेयर गर्नुहोस्

सर्लाही, चैत्र १८ गते ।

सर्लाही जिल्लाको एक निजी स्कूलका शिक्षक लागूऔषधसहित पक्राउ परेका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका-१५ स्थित राज्द्वी बोर्डिङ स्कूलमा कार्यक्रत शिक्षक स्कूल हाताभित्रैबाट लागूऔषधसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा शिक्षक राजा हुसेन रहेको प्रहरीले जनाएको छ । हुसेनलाई लागूऔषध र फलामको फाइटरसहित विद्यालय हाताभित्रबाटै नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । स्कूलमा कार्यरत अर्का शिक्षकसँग विवाद सुरु भएपछि पुगेको प्रहरी टोलीले हुसेनको साथबाट लागूऔषध नाइट्राभेट ट्याब्लेट १२ थान, पञ्च हान्न बनाइएको फलामको फाइटर १ थान र कागजमा लुकाएर राखिएको गाँजाको पुरिया १ थान बरामद भएको थियो ।

हुसेनलाई लागूऔषधसाहित नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ ।