१३औं जीतपुरसिमरा गोल्ड कपमा सहभागी हुन बारा आउँदै उपराष्ट्रपति यादव

सेयर गर्नुहोस्

बारा, चैत्र १८ गते ।

उपराष्ट्रपति रामसहाय यादव १३औं जीतपुरसिमरा गोल्ड कपको समापन कार्यक्रममा सहभागी हुन बारा आउँने भएका छन् । नव जनजागृति युवा क्लबद्वारा आयोजित जीतपु सिमरा गोल्ड कपको १३ औं संस्करण चैत्र ६ गते देखि १८ गतेसम्म निर्माणाधीन सिमरा रंगशालामा सञ्चालन भइरहेको छ । उपराष्ट्रपति यादव गोल्ड कप समापन समारोहमा सहभागी हुन बारा जान लागेको आयोजकले जनाएको छ ।

यो जीतपुर सिमरा गोल्ड कप मधेश प्रदेशमा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगिताहरू मध्ये महत्वपूर्ण प्रतियोगिता हो । विगतका संस्करणहरूको उद्घाटन तथा समापन समारोह पनि राष्ट्रका प्रतिष्ठित व्यक्तित्वहरूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको आयोजक क्लबले जनाएको छ ।

गोल्डकपको आज हुने फाइनल खेलमा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड भिड्ने छन । प्रतियोगिताको विजेताले रु दश लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार पाउने छन् ।