जीतपुरसिमरा ग‍ोल्डकप: आज मकवानपुर ११ र हिमालयन शेर्पा भिड्दै

सेयर गर्नुहोस्

बारा, चैत्र १५ गते ।

जगदम्बा स्टिल १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत बुधबार मकवानपुर ११ र हिमालयन शेर्पा भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ ।

प्रतियोगिताको सेमिफाइनलमा प्रवेशको लागि मकवानपुर ११ र हिमालयन शेर्पाले प्रतियोगिताको पहिलो सेमिफाइनल खेल खेल्दैछन् ।

भरतपुरलाई हराउदै माकवानपुर ११ र सातदोबाटोलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा ठाउँ बनाएका हुन ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।