जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकप: आज हिमालयन शेर्पा र सातदोबाटो भिड्दै

सेयर गर्नुहोस्

बारा, चैत्र १३ गते ।

जगदम्बा १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र सातदोबाटो युथ क्लब काठमाडौं भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ ।

प्रतियोगिताको सेमिफाइनलमा प्रवेशको लागि हिमालयन शेर्पा क्लब काठमाडौं र सात्दोबाटो युथ क्लब काठमाडौंले प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल खेल्दैछन् ।

यस अघि भरतपुरलाई हराउदै माकवानपुर ११ र विरगञ्जलाई पराजित गर्दै एनटिआर सेमिफाइनलमा ठाउँ बनाइसकेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।