वीरगञ्जमा मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु

सेयर गर्नुहोस्

पर्सा, चैत्र ११ गते ।

पर्सामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित ड्राइपोर्ट सडक खण्डबाट चोर्नीतर्फ जाँदै गरेको बिआर ०५ ए एम १६२४ नम्बरको भारतीय मोटरसाइकलबाट लडेर १ जनाको ज्यान गएको हो ।

मोटरसाइकलको पछाडी सवार भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने ५० वर्षीय माला देबी मोटरसाइलबाट लडेर टाउकोमा चोट लाग्दा गम्भिर घाइते भएकी थिइन् । एल.एस. न्यूरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

गिरीकाअनुसार मृतकको लास जाँच एवम् प्रकृति मुचुल्का लगायतका कार्य सकेर पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक भारत विहार मोतिहारी थाना रक्सौल जोखियारी पञ्चायत वडा नम्बर ९ का २३ वर्षीय सचिन कुमारलाई नियन्त्रण्मा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।