थारु गित “कजरारी अखियासे गोरी”को पस्टलुक सार्बजनिक

सेयर गर्नुहोस्

चैत्र ३ गते ।

थारु गित “कजरारी अखियासे गोरी“को म्युजिक भिडियोको पस्टलुक सार्वजनिक भएको छ । गायक खेम चौधरी र गायिका समीक्षा चौधरीको स्वरमा रहेको उक्त गितको म्युजिक भिडियोमा हिरा चौधरी र मुस्कान चौधरीको अभिनय गरेको पस्टलुकबाट सार्वजनिक भएको छ ।

थारू इन्डस्ट्रिका चर्चित निर्देशन, लेखक, मोडेल तथा कोरियोग्राफर समेत रहेमा हिरा चौधरी र मोडेल मुस्कान चौधरीको दमादार अभिनय रहेको “कजरारी अखियासे गोरी” इन्डस्ट्रिको लोकपृय कम्पनी बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुवबाट विश्वभर एकसाथ सार्वजनिक हुने छ ।

बुद्धि महतोको शब्द, संगित र गायक खेम चौधरी र गायिका समीक्षा चौधरीको स्वरमा सजिएको कजरारी अखियासे गोरीलाइ गणेश चौधरीले सम्योजन गरेका छन् भने गितको म्युजिक भिडियोको निर्देशन म‍डेल हिरा चौधरी स्वम आफैले गर्नु भएको छ ।