कीर्तन कप भलिबल प्रतियोगिताको उपाधी कल्याणपुर युवा क्लबको पोल्टोमा

सेयर गर्नुहोस्

चितवन, फाल्गुन २५ गते ।

चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर ७ कीर्तनपुरमा सञ्चालित प्रथम जिल्ला स्तरीय कीर्तन कप भलिबल प्रतियोगिताको उपाधी कल्याणपुर युवा क्लबले जेतेको छ । फाइनल खेलमा आयोजक किर्तनपुर युवा क्लबलाई २-० को सोझो सेटमा पराजित गर्दै कल्याणपुर युवा क्लबले उपाधी जितेको हो ।

फागु पुर्णिमाको अवसरमा कीर्तनपुर युवा क्लबले कीर्तनपुरको चौर परिसरमा प्रथम जिल्ला स्तरीय कीर्तन कप भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा प्रथम भएको कल्याणपुर युवा क्लबले पुरस्कार स्वरूप ४० हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो भएको आयोजक कीर्तनपुर युवा क्लबले २५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक आशिष जि.सीले जानकारी दिनुभयो ।

कीर्तन कप भलिबल प्रतियोगिता भरिको बेस्ट प्लेयरमा कल्याणपुर युवा क्लबका नबिन महतो, बेस्ट सटर सोही कल्बका मञ्जील गुरुङ, बेस्ट ब्लकर पनि कल्याणपुर युवा कल्बकै मनिष मानन्धर भएका छन् भने बेस्ट डिफेन्डर कीर्तनपुर युवन क्लबका सुदीप महतो, बेस्ट स्पाइकर सोही कल्बकै सुरेश महतो, बेस्ट सर्भर कल्याणपुर युवा क्लबका निकेश महतो र उदीयमान खेलाडी कीर्तनपुर युवा क्लबका करिब पुन मगर घोषित भएका हुन् ।