स्पर्श खबर जितपुर बारा कार्तिक १५ गते:
विद्यालय स्तरमा शिक्षालाई सुधार गर्दै प्रविधिमैत्री विद्यालय निर्माण गर्ने मुख्य उदेश्य बोकी स्थापित विद्यालय श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय खैर्वाले आफ्नो वार्षिकोत्सबको अवसर पारेर विविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्तिक १६ गतेबाट संचालन हुने कार्यक्रमका विजेताहरुलाई विद्यालयको वार्षिकोत्सब कार्यक्रमका बीच २३ गते पुरस्कार वितरण गरिने व्यवस्थापन समितिका अध्यक्ष प्रदिप गौतमले जानकारी दिनु भयो । कार्तिक १६ गते बाट संचालन हुने कार्यक्रमहरु निम्न अनुसार रहेका छन् ।