बाराकाे जितपुरमा दुर्गा पुजाकाे भब्य जलयात्रा

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा असाेज २८ गते:

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ५ हजार भन्दा बढि भक्तहरुको सहभागितामा कसलयात्रा निकालिएको थियो । जीतपुरको शन्तिटोल पुजा पण्डालबाट निकालिएको कलसयात्रा केराडोका गई केराढोका दुर्गा पुजा पण्डालका भक्तहरुलाई कलसयात्रामा सहभागि गराउदै दुधौरा खोलामा गई भक्तहरु जल लिएर पुनः पुजा पण्डालमा गएका थिए ।

दुधौरा खोलाबाट ल्याइएको शुद्ध जल माता दुर्गाको बेदिमा राखि बिद्धिवतरुपमा पुजाको शुभारम्भ गरिएको थियो । सामान्यतया दुर्गा माताको सवारी भाघ भएपनि यस वर्ष माता दुर्गा हात्तिमा सवार भएर धर्तिमा आउनुभएको पुजा गराउने स्वामीले बताउनु भयो । दुर्गा हात्तिमा सवार हुने समयलाई निकै शुभ मानिने गरेको उँहाले बताउनु भयो ।

आज नवरात्रको पहिलो दिन शैलपुत्री माताको पुजा गरि दुर्गा माताको पाठ गरिन्छ । विषेश गरि शैलपुत्री मातालाई शुद्ध घ्यु चढाइन्छ । मातालाई चढाइएको घ्युलाई प्रसाद स्वरुप सेवन गर्नाले आरोग्य भैने र जिवनमा अउने कठिन समय पनि समान्य हुने गरेको बताईन्छ ।

आइतबार देखी सुरु भएको नवरात्र पुजा १० दिन सम्म चल्ने छ । नवरात्रको समयमा माताको मन्दिरहरुमा भक्तहरुको निकै भिड हुने गर्दछ । विषेश गरि मधेशमा नवरात्रलाई विषेश तरिकाले बनाइन्छ । ९ दिन सम्म वर्त बसेर बनाइने यो पुजा हिन्दुहरुको महान पर्व मध्येको एक हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ