बारा जिल्ला स्तरिय साँतौ सितोरियो कराते प्रतियोगिताको उपाधि सिमरा डोजोलाइ

सेयर गर्नुहोस्

बारा, फाल्गुन १३ गते ।

बाराको जीतपुरमा सञ्चालित जिल्ला स्तरिय साँतौ सितोरियो कराते प्रतियोगिताको उपाधि सिमरा डोजोका खेलाडिहरुले उचालेका छन् । दुई दिनसम्म चलेको प्रतियोगितमा प्रथम भएको सिमरा डोजोले नगद १५ हजार ,एउटा सिल्ड र ६ वटा गोल्ड मेडल प्राप्त गरेको छ ।

त्यस्तै दोस्रो भएको आयोजक जीतपुर डोजोले नगद १० हजार ,एक शिल्ड र ५ वटा गोल्ड मेडल प्राप्त गरेयो भने तृतीय हुने श्रीराम साह नेतृत्वको जीतपुर डोजोले नगद ५ हजार ,एक शिल्ड र ३ गोल्ड मेडल प्राप्त गर्न सफल भएको आयोजक जीतपुर डोजो शाखाका अध्यक्ष मनोज कुमार साहले जानकारी दिनुभयो ।

जीतपुर डोजोको आयोजनामा सञ्चालित समापन कार्यक्रमको उद्घाटन श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी सानुकाजी थापाले खेल अनुशासनसँग जोडिएकाले अनुशासन बिनाको खेलको कुनै महत्व नरहेको बताउँनुभयो । खेलमा आज हारेको ब्यक्ति भोलि जितन सक्छ तर खेल्दै न खेलेको ब्यक्ति कहिल्यै जित्न नसक्ने तर्क गर्नुभयो । बिभिन्न बैज्ञानिक तथ्यहरुले पनि शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन खेल खुल्नुपर्ने देखाएकाले खेल खेल्नुपर्ने आवश्यक्ता औल्याउँनुभयो ।

त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक रहेको नेपोभिट टायल्सका ब्यवस्थापक बद्री कडेँलले उद्योग समाजमा नै स्थापना हुने गरेकाले यसले समाजकोलागि योग्दान दिनु यसको नैतिक तथा समाजिक कर्तब्य भएको बताउँनुभयो । जितपुर डोजो शाखाले गराएको सितोरियो कराते प्रतियोगिता प्रती खुसी ब्यक्त गर्दै अगामि दिनहरुमा पनि आफुहरुले सक्दो सहयोग गर्दै जाने धारणा ब्यक्त गर्नुभयो