सुन र चाँदीको मूल्य घट्यो

सेयर गर्नुहोस्

१२ फागुन, काठमाडौं ।

साताको अन्तिम दिन सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख १ हजार ९ सय र चाँदीको मूल्य १ हजार २७५ रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार र चाँदी १ हजार २८५ रुपैयाँ तोकिएको थियो ।