मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

सेयर गर्नुहोस्

हेटौंडा,१२ फागुन ।

मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गए राति हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले बताए ।