विश्वकप क्रिकेट:भारतविरुद्ध पाकिस्तान १९१ मै अलआउट

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा असाेज २७गते:

भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १२ औँ खेलमा भारतले पाकिस्तानविरुद्ध शानदार बलिङ गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर भारतले पहिले बलिङ गर्दै पाकिस्तानलाई १९१ रनमै रोकेको हो । पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रनमात्र बनाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५८ बलमा ५० तथा उपकप्तान मोहम्मद रिजवानले ६९ बलमा ४९ रन बनाए । तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । त्यसपछि भने लगातार विकेट ढल्दा कुनै समय तीन सय भन्दा बढी रन बनाउने अनुमान विपरीत पाकिस्तान रनमै समेटिएको हो ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रविन्द्र जडेजाले समान २–२ विकेट लिए । शार्दुल ठाकुर भने विकेटविहीन रहे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ