प्रतिनिधि सभाको बैठक आज बस्दै

सेयर गर्नुहोस्

काठमाडौँ, फागुन १२-

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची मात्रै रहेको संसद सचिवालयले जनाएको छ ।