जितपुरका सम्पूर्ण मन्दिरहरुकाे सरसफाइ सम्पन्न
स्पर्श खबर जितपुर असाेज २७ गते:
हिन्दुहरुकाे महान् पर्व बडा दशैंकाे आगमनकाे उपलक्ष्यमा बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका सम्पूर्ण मठ मन्दिरहरुकाे सरसफाइ गरिएको छ। नेपाल सितोरियो करांते शाखा डाेजाे जितपुरकाे आयाेजनामा खेलाडीहरु द्वारा मन्दिर प्राङ्गणकाे सरसफाइ गरिएको हाे ।गढिमाई मन्दिर ,बङ्गाली बाबा मठ,शिव मन्दिर ,दुर्गा मन्दिर र दुर्गा माताकाे पण्डाल लगाायतका सम्पुर्ण मन्दिर तथा मन्दिरको प्राङ्गणकाे सरसफाइ करांते खेलाडीहरुले समाजप्रति आफ्नो उत्तरदायित्व दर्शाएकाे प्रशिक्षक मनाेज कुमार साहले बताए ।
खेलले खेलाडीहरुलाइ समाज र संस्कृतिकसंग जाेड्दा उनिहरुमा अनुशासन बढ्नुका साथै समुदायप्रति आफ्नो उत्तरदायित्व पहिचान गर्न सक्ने क्षमता बढ्दै जाने भएकोले नेपाल सितोरियो कराते संघ शाखा डाेजाे जितपुरले गरेकाे आजको यश उदाहरणीय कार्यप्रति पुर्व कराते खेलाडी राजेश गुप्ता खुशी ब्यक्त गरे ।