स्पर्श खबर जितपुर बारा असाेज १२ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा दि बियर्ड सपको शाखा संचालनमा आएको छ । नेपालकै चर्चित सनुलको रूपमा स्थापित दि बियर्ड सपले शुक्रबारबाट जीतपुरमा आफ्नो शाखा संचालनमा ल्याएको हो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन
शर्मा लामिछानेले रिविन काटेर दि वियर्ड सपको जीतपुर शाखाको उद्घाटन गर्नुभएको हो ।
करिब २० लाखको लगानिमा संचालनमा आएको अत्याधुनिक सुविधा सम्पन्न सलुनले आफ्नो दररेट भने निकै सामान्य राखेको छ । सलुनका संचालक राजकिसोर गुप्ताले मात्र २०० रूपैयामा दारि कपाल काट्न सकिने बताउनु भयो ।
दारिकपाल जस्तै दि बियर्ड सप जीतपुर शाखामा जेन्स पर्लरमा हुने सम्पुर्ण सुविधा रहेको संचालक गुप्ताले बताउनु भयो । दारिकपाल जस्तै अन्य सेवाहरूको दर रेट पनि सामान्य रहेको उँहाले बताउनु भयो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले पर्फेक्ट कट दि बियर्ड सपको सफलताको शुभकामना दिदै यस सलुनले जीतपुरको बजार प्रवर्धन गर्न र जीतपुरलाई आधुनिकरण तर्फ लैजान निकै ठुलो भुमिका खेल्नसक्ने बताउनु भयो ।
दि बियर्ड सपका संचालक राजकिसोर गुप्ताको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा समाजसेवी एवं जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका स्थापक अध्यक्ष घनश्याम गिरि, समाजसेवी एवं नगर उद्योग वाणिज्य संघका सदस्य राजुराज गिरि, शिवजी सोनार, सफल व्यवसायी ओम प्रकास गुप्ता, शेखर भण्डारी, संतोष कुशवाहा, लायन्स क्लब अफ जीतपुर युथका अध्यक्ष दिपक गुप्ता लगायतको उपस्थिति रहेको थियो ।