बारामा नेकपा एस छाडेर एमालेमा फर्किनेको संख्या बढ्दो

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा असाेज ११ गते:

पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ सक्रिय भएका जीतपुरसिमराका थुप्रै नेताकार्यकर्ता एमाले फर्किन थालेका छन् ।

पार्टीप्रति असन्तुष्टी जनाउदै नेकपा एसमा सक्रिय नेताकार्यकर्ता एमाले फर्किन थालेका हुन् । सिमरामा बिहिवार दुई दर्जनभन्दा बढीको संख्यामा नेताकार्यकर्ता एमाले फर्किएका छन् ।

एमाले फर्किनेमा जीतपुरसिमरा ४ का पूर्व वडासदस्य अमिताब चौधरी, श्याम भट्टलगायत रहेका छन् । उनिहरुलाई एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री बिष्णु पौडेल, एमाले सचिव योगेश भट्टराई, एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साहलगायतले पार्टीमा स्वागत गरेका थिए ।

आफ्ना पुराना कार्यकर्तालाई पार्टी प्रवेश गराउदै उपाध्यक्ष पौडेलले एमालेको प्रष्ट नीति र सिद्धान्तकै आकर्षण बढ्दो अवस्थामा रहेको बताए । पौडेलले एमालेमा आवद्ध भएर राष्ट्र निर्माणको अभियानमा सहभागी हुन समेत आग्रह गरेका छन् ।

यसअघि असोज ३ गते नेकपा एसका प्रदेश कमिटी सदस्य एवम् जीतपुरसिमरा नगर कमिटी अध्यक्ष कृष्ण खनालसहित जिल्ला सदस्य मोटाई चौधरी, हरी जमरकटेल, मनोज राम, रोशन सुवेदीसहितका नेता कार्यकर्ता बाल्कोट पुगेर एमाले प्रवेश गरेका थिए । उनिहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । यस्तै भदौ २४ गते नेकपा एसका केन्द्रीय परिषद् सदस्य इश्वर ढकालसहितका सयौं नेताकार्यकर्ता एमालेमा फर्किएका थिए । उनिहरुलाई सिमरामा आयोजित कार्यक्रमकाबीच एमालेमा स्वागत गरिएको थियो ।

केही समयअघि जिल्ला अध्यक्ष समेत रहेका सुन्दर विक एमालेमा फर्किएपछि नेकपा एस छोड्ने क्रम बढ्दो अवस्थामा रहेको छ । पूर्वप्रदेशसभा सदस्य समेत रहेका विकसहित अर्की पूर्वप्रदेशसभा सदस्य सीता गुरुङलगायतका नेताहरु नेकपा एस छोडेर एमाले फर्किएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ