स्पर्श खबर जितपुर बारा असाेज १० गते:
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेड जीतपुरको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्था स्थापना भएको १६ वर्ष पुरासँगै १६औं साधारण सभा सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष सावित्री देवी पिप्लेको अध्यक्षता तथा बारा क्षेत्र न ४ क का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष सहित विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित भएको हो । संस्थाले ५१ लाख १९ हजार ७ सय ६९ बराबरको नाफा गरेको छ । संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना संस्थाका १० जना उत्कृष्ट बचतकर्ता र १० जना उत्कृष्ट ऋण कारोबार गर्नेलाई सम्मान गरेको छ । भने यस बर्षको उत्कृष्ट कर्मचारी सम्मान बाट द्रोपती देवी चौधरी सम्मानित भएकी हुन् ।मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी,राष्ट्रिय सहकारी बैंक सिमरा शाखा प्रमुख सुरेश लागे, वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता,जीतपुरसिमरा सहकारी शाखा प्रमुख सुधन चौधरी लगाएतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन व्यवस्थापन शम्भु रामले गरेका थिए ।सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभामा संस्थाका उपाध्यक्ष राजेन्द्र प्रसाद चौधरी, नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,वडा न ६ कि वडा सदस्य वुद्ध कुमारी अधिकारि,प्रेस चौतारी नेपाल मधेश प्रदेश उपाध्यक्ष अनिल तिवारी लगाएतको उपस्थिति रहेको थियो ।