व्यापार, चाडपर्व नजिकिँदै गर्दा समेत जितपुरसिमराका प्रमुख बजारमा छैन रौनक

spot_img
spot_img

व्यापार, चाडपर्व नजिकिँदै गर्दा समेत जितपुरसिमराका प्रमुख बजारमा छैन रौनक
स्पर्श खबर जितपुर बारा असाेज १० गते। जितपुरसिमरा उपमहानगरपालिकाका  प्रमुख व्यापारिक स्थान जितपुर,सिमरा,विमान स्थाल,टेडराेड , पहाडीटाेल ,केराढाेक बजारलायत क्षेत्रमा चाडपर्व नजिकिँदै गर्दा पनि व्यापारिक चहलपहल सुरु भएको छैन । तीज लाग्नु भन्दा अघिदेखिनै खचाखच हुने थोक ब्यापारका क्षेत्र पनि सुनसान छन् ।


आर्थिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रका मुख्य व्यापारिक केन्द्रहरु सुनसान छन् । कोरोना संक्रमणलगत्तै शुरु भएको मन्दीले ब्यापारिक क्षेत्र थलिएको छ । अन्य समयमा व्यापार नभए पनि चाडपर्वको समयमा व्यापार होला कि भन्ने आशमा रहेका व्यापारीहरु दशैँ सुरु हुन तीन साता मात्रै बाँकी रहँदा पनि चहलपहल नबढ्दा निराश देखिएका छन् । मन्दीको अवस्था कस्तो छ भने होलसेल ब्यापारीहरु नै खुद्रा ग्राहक पर्खेर बस्न बाध्य छन् । व्यापारी मुना गुप्ता   चाडपर्व नजिकिदै गर्दा सामान खरीदका लागि उपभोक्तानै नआाएका बताउनु हुन्छ । आफूहरुसँग चाडबाडका लागि पर्याप्त सामान भएता पनि विगतको तुलनाम बिक्रि धेरै कम भइरहेको गुप्ता  बताउनुुहन्छ ।

खुद्रा व्यापारीहरुहरुको पीडा आफ्नै खालको छ । ब्यापार छैन, तर चाडपर्वलाई लक्षित गरी लगानी थप्ने कि नथप्ने भन्नेमा ब्यापारीहरु अन्योलमा छन् । दशैंमा व्यापार हुन्छ भन्ने आशमा आफूहरु रहेको अर्का ब्यापारी  बिष्णु अधिकारीको भनाई छ ।
ब्यापारीहरुले मन्दी छ, ब्यापार छैन भने पनि बजार मूल्य भने घटेको छैन । उपभोक्तहरुले पनि विगतको तुलनामा बजार साह्रै महंगो भएको महसुश गर्ने गरेका छन् ।

व्यापार सुक्दा ब्यापारीहरु नै भटाभट पलायन पनि हुन थालेका छन् । व्यापारीहरु सटर बन्द गरेर हिँड्ने क्रम झन् तीब्र भएको छ । पछिल्लो समय जितपुरसिमारकाे  मूख्य ब्यापारिक स्थानहरुमै सटर खाली भईरहेका छन् ।
ब्यापार बढ्नका लागि मानिसहरुको क्रयशक्ति बढ्नु पर्दछ । क्रयशक्ति बढ्नका लागि आम्दानी बढ्नु पर्दछ । तर समाजका तल्लो वर्गका मानिसहरु दिन प्रतिदिन कामविहिन हुने र शहरबाट विस्थापित हुने क्रम बढिरहेको छ । जसका कारण बजार मात्रै शिथिल भएको छैन देशको सिंगो अर्थतन्त्र नै सुस्त भएको छ । यो अवस्थाको तत्काल उपचार नखोज्ने हो भने अझै कठिन अवस्था नआउला भन्न सकिंदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ