पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

सेयर गर्नुहोस्

बारा, माघ २३ गते ।

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

सुनको भाउ बढे पनि आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि हिजो जस्तै तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।