स्पर्श खबर जितपुर बारा भदौ ७ गते:
बाराकाे जितपुरसिमरा उपमहानगरपालिका उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान १–२ बजेदेखि नै उपत्यकाका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । जसले गर्दा सर्वसाधारणको जनजीवन प्रभावित भइरहेको छ ।
साथै, काठमाडौं उपत्यकाका नदी र खोलाका सहत पनि बढदै ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अनुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको अनुमान छ ।
‘सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ ।