चुरियामाईमा तिर्थयात्री बोकेको बस दुर्घटना सातकोे मृत्यु, १७ घाईते प्रजिअद्धारा घाईतेको निरिक्षण नामाबली सहित

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा भदौ ७ गते:

बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा तिर्थयात्री बोकेको मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा ६ जना भारतीय सहित एक नेपालीको मृत्यु भएको छ भने तीन नेपाली सहित १४ भारतीय घाईते भएका छन ।

मृत्यु हुनेहरुमा महोत्तरी लोहार पटी बस्ने ४१ बर्षिय बिजय लाल पण्डित रहेका छन । पहिचान भएका मृत्यु हुने अन्यमा भारत राजस्थान बस्ने ६७ को बहादुर सिंह, बर्ष ६५ की मिरा देबी रहेकी छिन । त्यस्तै मृत्यु हुने अन्य चार भातीयको नाम थर वतन नखुलेको अन्दाजी ५५–६० बर्षिय तीन महिला र एक पुरुष गरी सात जना रहेका छन । दुर्घटनामा ६ भारतीय नागरिक र एकजना नेपालीले ज्यान गुमाएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

चालक सहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको र दुर्घटनामा घाइते अन्य १७ यात्रुको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिनुभयो । दुर्घटना पछि बसका चालक र अन्य एक फरार छन ।
घाईतेहरुको अबस्थाका बारेमा बाराका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, प्रहरी उपरिक्षक होबिन्द्र बोगटी लगायतले हेटौडा चुरेहिल अस्पताल पुगेर उपचार भईरहेको बारे निरिक्षण गर्नु भएको छ ।

गएराती करिब १ बजेको समयमा दुर्घटनामा परेको सो बस काठमाडौबाट महोत्तरीको लोहारपट्टी हुदै भारत जाने क्रममा अमलेखगन्जमा दुर्घटना भएको हो ।

घाईते हुनेहरुमा तीन नेपाली सहित १४ भारतीय रहेका छन । घाईते नेपालीहरुमा महोत्तरी जलेश्वर नगरपालिकाका ३८ बर्षिय बिहारी मुखीया, धनुषा मौवा १८ जनकपुर बस्ने ४१ बर्षिय घुरन मण्डल र महोत्तरी लोहारपति ५ बस्ने बर्ष २६ को जसबेन्दर पासवान रहेका छन ।

घाईते भारतीयहरुमा भारत राजस्थान बस्ने ४८ को घनश्याम चतुरबेदी, ५३ की माया देबी, ३५ को अनिल कुमार, बर्ष ५० को तारावती चतुरबेदी, निजकै नातिनि बर्ष ९ की क्रितिका चतुरबेदी , बर्ष ४८ को श्याम लाल माली रहेका छन ।

त्यस्तै अन्य घाईतेमा बर्ष ४७ को हरवारी माली, बर्ष ७० की चौथी देबी, बर्ष ७२ को सुरेस चन्द्र चक्रवती, ७३ को राम प्रसाद , बर्ष ६३ को धरम सिंह , बर्ष ६० की ईन्दु धाकद , बर्ष १६ की गर्बिदा चतुरबेदी, बर्ष ५४ को राम कुमार चतुरबेदी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ