सखुवाघाटमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा भदौ ६ गते:बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १६ सखुवाघाटमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्य चौकी भवनको एक औपचारिक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाका न १६ का वडा अध्यक्ष हरिदेव खरेलले उद्घाटन गर्नुभएको हो ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष खरेलेल शिक्षा र स्वास्थ्यको विकासले नै समुन्नति ल्याउने बताउनुभयो । यो भवन निर्माण सम्पन्न भई अब यसैबाट स्वास्थ्य सेवा पाउनु यहाँका नागरिकका लागि सुखद कुरा भएको उल्लेख गर्दै स्वास्थ्य चौकीबाट प्रवाह गर्ने सेवा सुविधा गुणस्तरीय हुनुपर्ने बताउनुभयो ।ुत्यस्तै,उपमहानगर उपप्रमुख भोला अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको भन्दै उहाँले नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर र जिम्मेवार रहेको उल्लेख गर्नुभयो । २ बर्ष देखि निर्माण भईरहेको सखुवाघाट स्वास्थ्य चौकी ३७ करोडको लागतमा निर्माण भएको हो । १६ नम्बर वडा कार्यालय नजिकै बनेको स्वास्थ्य चौकी संचालनमा आउने भए पछि स्थानीयहरु हर्षित भएका छन् ।उपमहानगर उपप्रमुख भोला अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा न १६ का वडा अध्यक्ष हरिदेव खरेल,उपमहानगरका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शिवजी प्रसाद लगाएत वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ