जीतपुरसिमराले फोहर बिरगंजमा बिसर्जन गर्ने

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा भदौ ६ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाको फोहर  नगरमै बिसर्जन  गर्दा बारम्बार अवरोध हुन थालेपछि उपमहानगरपालिकाले वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा विसर्जन गर्ने भएको छ । फोहोर व्यवस्थापनका लागि मङ्गलबार जीतपुरसिमरा उपमहानगरपालिका र वीरगंज महानगरपालिकाबीच पाँच बुँदे सम्झौता भई वीरगन्जको नगवास्थित ल्याण्डफिल्ड साइटमा फोहर बिसर्जन गर्ने सहमती भएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल र वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । पमहानगरपालिकाको कार्यालयले फोहोर व्यवस्थापनका लागि प्रयोग गर्दै आएको वडा नं. १ मा पर्ने दुधौरा खोलाको ल्याण्डफिल्ड साइटमा स्थानीयले अवरोध गरेका थिए । दुधौराका स्थानीयले फोहोर विसर्जन गर्न नदिएपछि उपमहानगरपालिकाले वडा नं. ४ र वडा नं. १४ को सिमानामा पर्ने दुधौरा खोलामा फोहोर व्यवस्थापन गर्ने प्रयास गरेको थियो ।

उक्त स्थानमा पनि विरोध भएपछि उपमहानगरपालिकाले विकल्प खोजेको हो ।फोहोर व्यवस्थापन गर्ने ठाउँको अभावमा उपमहानगरपालिकाले केही दिन फोहोर उठाउन सकेन । जसका कारण बजार क्षेत्र र नगरबासीका घरमा फोहोर थुप्रिन पुगेको थियो । बजार क्षेत्रमा फोहोर देखिएपछि उपमहानगरपालिकाको आलोचना समेत हुन थालेको थियो ।

नगर क्षेत्रभित्र फोहोर व्यवस्थापन तत्काल हुन सक्ने अवस्था नभएपछि उपमहानगरपालिकाले वीरगन्ज महानगरसंग सहकार्यको प्रस्ताव राखेको र उक्त प्रस्तावमा वीरगन्ज महानगर सकारात्मक देखिएपछि दिपक्षीय सम्झौता भएको हो ।जीतपुरसिमरा उपमहानगरपालिकाले वीरगंज महानगरपालिकाको कार्यालयलाई प्रति मेट्रिक टन कर बाहेक एक हजार छ सय ५० रुपैया बुझाउनुपर्ने छ ।जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रबाट  दैनिक ५ देखि ६ मेट्रिक टनसम्म फोहोर निस्कने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ