स्पर्श खबर जितपुर बारा भदौ ६ गते:
पथलैयामा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ट्राफिक सचेतना कार्यक्रमलाई तिब्रता दिएको छ । सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ सचेतना अभियान थालेको ट्राफिक प्रहरीले राजमार्गमा भेटिने यात्रुलाई ट्राफिक नियम सिकाउने गरेको छ ।
ट्राफिक प्रहरी सहायक निरीक्षक दिपक कुमार बस्नेतको नेतृत्व ट्राफिक प्रहरीले बारामा ट्राफिक नियम सिकाउदै आएको छ । यसैबिच, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले आजपनि ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
पथलैया वीरगंज सडक खण्डमा प्रहरी सहायक निरीक्षक दिपक कुमार बस्नेत सहितको ट्राफिक प्रहरी टोलीले सचेतना कार्यक्रम गरेको हो । ६५ जना मोटरसाईकल चालक तथा यात्रुहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको प्रहरी सहायक निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।