पत्रकारको स्वास्थ्य दुर्घटना बीमाको व्यवस्था गरिनेछ: प्रधानमन्त्री

सेयर गर्नुहोस्

काठमाडौँ, माघ १७-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले सञ्चारकर्मीहरूको सीप र दक्षता अभिवृद्धि र अध्यवाधिक गर्न एवम् उच्चतम व्यवसायीक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाका प्रत्याभूति गरिनेछ । सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बीमाको व्यवस्था गरिनेछ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको स्थापित गरिने बताएका छन् ।