स्पर्श खबर जितपुर बारा साउन २६ गते :
जीतपुरसिमरा नगर स्तरीय संस्थागत विद्यालय सञ्चालकले प्रस्तावित शिक्षा विधेयक प्रति आपत्ति जनाएका छन् । निजी विद्यालय सञ्चालकले प्रस्तावित शिक्षा विधेयकको विरोध जनाउँदै शुक्रवार जीतपुरमा अन्तरक्रिया कार्यक्रम एवं पत्रकार सम्मेलनको आयोजना गरेर शिक्षा बिधेयक माथी आपत्ति जनाएको छ।
विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने नाममा सरोकारवालाका सुझावलाई बेवास्ता गरी ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ ल्याएको प्रति ध्यानाकर्षण भएको जीतपुरसिमरा नगर स्तरीय संस्थागत बिधालयका संस्थापकहरुले बताएका छन् । प्याब्सन, एन–प्याब्सन र हिसान सम्वद्ध सञ्चालकले विधेयकमा राखिएका कतिपय प्रावधान निजी लगानीका संस्थागत विद्यालयप्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरीत, अव्यवहारिक र अन्यायपूर्ण समेत भएको बताएका छन् । उनीहरुले हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय नै समस्याग्रस्त रहेको र शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्था विद्यमान रहेको बताए ।
प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने लगायत बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरीत, अव्यवहारिक र दुराशययुक्त रहेको स्पष्ट देखिएको एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहाले बताउनुभयो ।
निजी लगानीका विद्यालयको छाता संगठनको प्रतिनिधित्व हुनुपर्ने विभिन्न समिति तथा उपसमितिमा समेत बेवास्ता गरी प्रस्ताव गरिएको विद्यमान विधेयक विभेदकारी भएको एन प्याब्सनका केन्द्रिय सदस्य राम प्रसाद अधिकाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यथास्थितिमा विधेयक पारित भएमा निजी लगानीका विद्यालयको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्वर्द्धन असम्भव मात्र नभइ यस्ता विद्यालय बन्द हुने निश्चित भए पछि निजि बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुको भबिस्य सग खेलवाड हुने समेत बताउनु भयो ।राज्यले ल्याउन लागेको शिक्षा विधेयकले निजी विद्यालयलाई निरुत्साहित बनाउने काम मात्र भएको र विधेक सन्सोधन न भए सम्म आन्दोलन जारी रहने समेत बारे जानकारी गराउनको लागि जीतपुरसिमरा नगर स्तरीय संस्थागत बिधालयहरुको प्रस्तावित शिक्षा बिधयेक माथिको अन्तरक्रिया कार्यक्रम एवं पत्रकार सम्मेलनको आयोजना गरिएको प्याब्सनका अध्यक्ष नेत्र दहालले बताउनु भयो।
उक्त अन्तरक्रिया कार्यक्रम एवं पत्रकार सम्मेलनमा एन प्याब्सनको केन्द्रिय सदस्य राम प्रसाद अधिकारी, प्याबसनका अध्यक्ष नेत्र प्रसाद दहाल, एन प्याब्सनका अध्यक्ष प्रभुलाल कुशवाहा, जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १६ का अध्यक्ष हरिदेव खरेल लगाएत जीतपुरसिमरा नगरस्तरीय संस्थागत बिधालयहरुको संचालकहरुको उपस्थिति रहेको थियो