राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

सेयर गर्नुहोस्

काठमाडौँ, माघ १४ गते ।

डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति भएका छन् ।

सर्वोच्च अदालतनको फैसला अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि बसेको पार्टीको आकस्मिक बैठकले श्रम मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।