बारा प्रहरीकाे मिलाेमाताेमा णघर भत्काएको ६ दिन हुदाँ समेत दोषीलाई कारवाही नगरेको भन्दै बिरोध

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा साउन १५ गते: जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनीमा टिपरको प्रयोग गरेर लालबहादुर पाण्डेको घर भत्काइएको छ ।साउन ९ गते मंगलबार बिहान ३ बजेर २७ मिनेटमा टिपरको प्रयोग गरेर घर भत्काईएको १ हप्ता हुन् लाग्दा पनि प्रहरीले कारवाही नगरेको भन्दै नगरेको भन्दै स्थानीयहरुले दुख प्रकट गरेका छन् ।टिपरको प्रयोग गरेर इच्छा होटेलका संचालक इच्छा बहादुर वाग्लेले टिपर लगाएर घर भत्काएको भन्दै ईलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिए पनि अहिले सम्म कुनै कारवाही न भएको भन्दै स्थानियहरुले वाग्लेको बिरोध गरेका छन् ।‘विपक्षी ईच्छाबहादुर वाग्लेले अन्य मान्छे लगाइ मेरो निजी जग्गामा बनेको पक्की घरमा टिपरले पटकपटक ठक्कर हानी पर्खाल, सटर भत्काई ९ लाख बिगो सम्पत्ति नास गरेर ज्यान मार्ने धम्की दिएको कुरा यसै पत्र साथ पेस गरेको छु,’ पीडित पाण्डेले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ, ‘विपक्षीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरी कानुन बमोजिम हदैसम्मको कैद, सजाय र पीडितलाई क्षतिपूर्ति भराई पाउँ पनि जाहेरीमा उल्लेख रहेको छ ।

 

पाण्डेको घर अगाडी इच्छा बहादुर वाग्लेको प्लटिङ्ग रहेको हुनाले वाग्लेले पाण्डेलाई बारम्बार भेटेर अन्यत्र बसाई सराई सरेर जान भने पनि पाण्डेले वाग्लेको कुरा अस्विकार गरे पछि टिपरको प्रयोग गरेर इच्छा बहादुर वाग्लेले टिपरको प्रयोग गरेर घर भत्काएको स्थानीयले बताएको छ ।यता ईलाका प्रहरी कार्यालय सिमराले घटना बारे ठप्प अनुसन्धान गर्नको लागि इच्छा होटेलको सिसि टिभि क्यामेराको फूटेज माग्दा उपलब्ध न गराएकोले अहिले टिपरको पहिचान न हुन् सकेको बताएको छ ।इच्छा बहादुर वाग्लेले इच्छा होटेलको आसपासका बासिन्दालाई बेला बेलामा धाक धम्कि दिने गरेको र जग्गा खालि गर्न भन्ने गरेको स्थानियहरुले बताएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले गरिबको घर तोडफोड गर्नु एक दमै गलत रहेको र प्रहरीले अनुसन्धान गरेर पिडित पक्षलाई न्याय दिनु र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ ।जग्गा किचलोको विषयलाई लिएर इच्छा बहादुर वाग्लेले स्थानियाहरुलाई धाक धम्कि समेत दिने गरेको वडा अध्यक्ष कार्कीले बताउनु भयो ।प्रहरीले दोषीलाई कारवाही नगरे स्थानियहरुले ईलाका प्रहरी कार्यालय सिमरामा धारणा दिनु को साथ् साथै सडक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ