बाजुराको भूकम्पमा परेर एक जनाको मृत्यु

सेयर गर्नुहोस्
गौमुल, माघ १० गते ।
बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्य थापाले भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए । डीएसपी थापाका अनुसार प्रहरी निरीक्षकको टोली उद्दारका लागि घटनास्थलमा चरिचालन गरिएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ ।