मधेस प्रदेशमा महिलाको मृत्युपछि चिकित्सक भागे, अस्पतालमा ताला

spot_img
spot_img

स्पर्श खबर जितपुर बाारा साउन ६ गते:

जनकपुरधामको रामानन्दचोकस्थित रहेको जनकपुर सुरक्षा अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि चिकित्सक भागेका छन् ।

घटनापश्चात चिकित्सकहरु अस्पताल छाडेर भागेपछि बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए ।मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठेघरमा घाउँ भएपछि गत बुधबार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको शुक्रबार  दिउँसो मृत्यु भएको थियो ।

मृतकका भाइ उदयकुमार साहका अनुसार बुधबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया असफल जस्तो भएपछि चिकित्सकहरु आत्तिएर तुरन्तै टाका लगाएका थिए । बुधबार दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन् । केहीबेरमै चिकित्सक तथा स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर अन्य लग्ने प्रयासमा थिए । आफन्तजनले रोकेर कराएपछि स्थानीयहरु जम्मा भएका थिए ।

‘हामीलाई नसोधी डाक्टर नर्सहरुले आफैं एम्बुलेन्समा राखेर उपचारको लागि बाहिर लग्दै छौं भन्यो । हामीले मान्छे बोलाएर रोकायौं । हेरेपछि दिदीको मृत्यु भइसकेको थियो,’ भाइ उदयले भने, ‘लगतै डाक्टरले पुलिस बोलाएर सबैजना भागे । दिदीको अप्रेशनमा लापरबाही गर्दा नै मृत्यु भएको हो ।’

डा.सरोज ठाकुरले संचालन गरेको अस्पतालमा महिलाको मृत्यु पश्चात आफन्तजनले लास गेटमै राखेर प्रदर्शन गरेका थिए । अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । कुनै प्रकारको क्षति हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । चिकित्सकहरु भागेपछि अन्य बिरामीहरुलाई अन्यत्र हस्पिटलमा सारिएर ताला लगाइएको हो ।

पाँच घण्टा पश्चात राति साढे ८ बजेतिर शव पोस्टमार्टमका लागि लगिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ