वीरगञ्जस्थित दुवै भन्सार कार्यालयको राजस्व सङ्कलन घट्यो

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा साउन ४ गते:

पर्साको वरिगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेनन् ।

वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६० प्रतिशत र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा रु दुई खर्ब ६० अर्ब ९७ करोड दुई लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६० दशमलव २० प्रतिशत अर्थात् रु एक खर्ब ५७ अबै आठ करोड मात्र राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले जानकारी दिनुभयो । यो अघिल्लो दुई आर्थिक वर्षको भन्दा कम राजस्व सङ्कलन भएको हो ।

सो भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । आव २०७९/८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नुमा आर्थिक तरलता प्रमुख कारक रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत ढकालको भनाइ छ ।

विश्वव्यापीरूपमा देखिएको आर्थिक मन्दी, पेट्रोलियम पदार्थ, नयाँ सवारीसाधन र औद्योगिक कच्चापदार्थको आयातमा आएको कमीले राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख पन्थीले बताउनुभयो ।

यस्तै पर्साको सिर्सिया सुक्खा बन्दगाह भन्सार कार्यालयले पनि आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । आर्थिक वर्ष २०७९/८० मा रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार मात्र राजस्व सङ्कलन भएको सिर्सिया सुक्खा बन्दगाह भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।

सो भन्सारले अघिल्लो आव २०७८/७९ मा लक्ष्यको ९४ दशमलव ९८ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

रासस

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ