प्रहरी कार्यालयमै कुटिए कांग्रेस जिल्ला सचिव

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा साउन ४ गते :तीन साताअघि भएको सवारी दुर्घटनाका विषयमा पीडितका आफन्त र पीडकबीच भइरहेको छलफल सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पुगेका कांग्रेस बाराका सचिव भैयाराम यादव प्रहरी कार्यालयमै प्रहरीबाट कुटिएका छन् ।

डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेको आदेशमा इन्स्पेक्टर रुपेश साहलगायतले आफूलाई कुटपिट गरेको यादवले बताए । कुटाइले उनको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ । उनी उपचारका लागि वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेस्लिटी अस्पतालमा भर्ना भएका छन् । ५० वर्षीय घाइते भैयाराम महागढीमाई नगरपालिका-७ बेनौली निवासी हुन् । कुटपिटपछि प्रहरीले उनलाई केही घण्टा नियन्त्रणमा लिएको थियो ।

बेलुका सवा ७ बजेतिर भएको घटनाका बेला जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीसहित प्रमुख जिल्ला अधिकारीसहित सँगै कार्यालय बाहिर थिए । घटनामा संलग्न भएकालाई कारबाही माग गर्दै कांग्रेस र एकीकृत समाजवादीले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई बुधबार ज्ञापनपत्रमार्फत बुझाएका छन् ।

‘दुर्घटनाका पीडित पक्षले फोन गरेपछि प्रहरी कार्यालय पुगेको थिए । प्रहरी निरीक्षक साहले सबै नेता दलाल छन् भनेपछि प्रतिवाद गर्न खोज्दा डीएसपी पाण्डेको आदेशमा कपाल तानेर लडाइदिए । घिसार्दै प्रहरी नियन्त्रण कक्षमा ल्याएर लात, बुट र हातले कुट्न थाले,’ भैयारामले भने, ‘फोहोर गालीको त सिमा नै थिएन । त्यसपछि नियन्त्रणमा लिए ।’ घटनाको केहीबेरपछि एसपी बोगटी कार्यालयमा आएपछि छाडेको उनले बताए ।

भैयाराम वीरगन्जका ठाकुरराम बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका पूर्वसचिवसँगै पूर्वशिक्षक पनि हुन् । एसपी बोगटीले आफू कामको सिलसिलामा कार्यालय बाहिर रहेका बेलामा लफडा भएको बताए । ‘घटनाबारे सत्यतथ्य बुझेर पीडितसित छलफल गरेर विभागीय कारबाही गर्ने प्रतिबद्धता जनाइसकेको छु,’ उनले भने, ‘प्रहरीले चिनेर त्यस्तो दुर्व्यवहार गरेको छैन । वादविवाद परेपछि दिनभर तनावमा रहेको प्रहरीसित त्यस्तो घटना हुन गएको छ ।’

प्रहरी निरीक्षक साहले दुर्घटना भएको विषयमा पञ्चहरुले सही निर्णय नगरेको कारण प्रहरीमा झमेला बढ्ने गरेको बताएपछि भैयारामलाई दुःख लागेर विवाद भएको बताए ।

तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका-७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । त्यहीं घटनाको पीडितलाई पीडकबाट उपचार खर्च भराउने विषयमा प्रहरीमा हुँदै गरेको छलफलमा भैयाराम त्यहाँ पुगेका थिए ।सभार कान्तिपुर दैनिक ।

प्रहरीको कुटाइपछि घाइते भएर उपचार गराउने क्रममा कांग्रेस जिल्ला सचिव भैयाराम यादव ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ