भेटियो दुर्घटनाग्रस्त यती विमानको “ब्ल्याक बक्स”

सेयर गर्नुहोस्

पोखरा, माघ २ गते ।

हिजो आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ब्ल्याक बक्स भेटिएको जानुभएको हो ।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।

प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।