प्रधानमन्त्री प्रचण्डका सबै कार्यक्रम स्थगित

सेयर गर्नुहोस्

काठमाडौं, माघ १- 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारका लागि तय भएका आफ्ना सबै औपचारिक कार्यक्रम स्थगित गरेका छन् ।

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि त्यसबारे छलफलमा केन्द्रित भएका प्रचण्डले बाँकी सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ । आइतबार मन्त्रालय भागवण्डा लगायतका विषयमा सत्ता साझेदार दलहरुका बीचमा छलफल गर्ने तय भएको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले सभामुख र उपसभामुखको निर्वाचनको विषयमा कांग्रेस सहितका दलहरुसँग छलफल गर्ने तयारी पनि गरेका थिए ।

आइतबार नै टुँडिखेलमा भइरहेको थारु समुदायको र मगर समुदायको माघी महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको थियो । औपचारिक÷अनौपचारिक रुपमा तय भएका सबै कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।