बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। जीतपुरसिमरा नगरउधोग बाणिज्य संघको सभाहलमा शुक्रबार मानव अधिकार एलाईन्स जिल्ला कार्य समिती बाराको आयोजनमा बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका बारे अन्तरकृया सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं पूर्व मन्त्री पुरुषोत्तम पौडेलले जिल्लामा नितीगत भ्रष्टाचार बढ्दै गएको र स्थानीय तहसम्म भ्रष्टाचारले संस्थागत रुपमा धारण गरिरहेको र समाजमा मानव अधिकारको हन्न भएको छ भने त्यसको जानकारी समेत सम्बन्धित संस्थालाई जानकारी गराउन उहाँले सहभागीहरु संग अनुरोध गर्नु भएको थियो । कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला अधिकारिले भ्रष्टाचार बिरुद्ध एकतावद्ध भएर पहल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफुबाटै सुरुवात गरेर मात्रै भ्रष्टाचार बिरुद्धको लडाईमा जीत हासिल हुने तर्क गर्नुभयो ।नेपालमा भ्रष्टाचारको सिमा बढदै गएको र भ्रष्टाचार रोक्नुको सट्टा केही जनप्रतिनिधि भ्रष्टाचारमै डुबेको कारणले गर्दा नेपाल झन भ्रष्टाचारमा अगाडि बढदै गएको वक्ताहरुले बताएको थियो । कार्यक्रममा पूर्व मन्त्री एवम नेकपा एमालेका पोलिट ब्युरो सदस्य पुरुषोत्तम पौडेल, नेकपा एमालेका केन्द्रि सदस्य एवम मधेश प्रदेश सभा सदस्य मञ्जु थापा, नेकपा एमालेका प्रदेश सदस्य सिता गरुङ्ग, प्रदेश सदस्य मनोज पौडेल, नेकपा एमालेका जिल्ला सल्लाहकार अफताब आलम, नगर अध्यक्ष एवम उपप्रमुख भोला अधिकारी,नेकपा एमाले पार्टीका नगर उपाध्यक्ष त्रिलोक ठकुरी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, पुर्व अध्यक्ष संजय साह, वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, ईलाका प्रशासन कार्यालय सिमराका नि. प्रमुख तारा प्रसाद आचार्य, जीतपुरसिमरा उपमहानगरपालिकाका न्यायीक सदस्य सिता उप्रेती, जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर ७ का एमाले वडा अध्यक्ष अनिल गुप्ता, वडा नम्बर २ का एमाले पार्टि अध्यक्ष रविन्द्र खकुरेल , युवा नेता मनाेज शाह लगाएतको उपस्थिती रहेको थियो ।मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न भएको अन्तरकृया कार्यक्रमको सहजीकरण मानव अधिकार एलाईन्स बाराका सचिव श्रीराम साहले गर्नुभएको थियो ।