निपाेभिटद्वारा अन्तरक्रिया कार्यक्रम गरिँदै
स्पर्श खबर जितपुर बारा असार २८गते:
नेपालीको पहिलो र एकमात्र टायल्स् कम्पनी नेपाेभिटले इटालियन प्रबिधिकाे प्रयोगगरि नेपाली माटाेबाट नै टायल्स उत्पादन गर्दै आइरहेको छ । स्वदेशी माटाेबाट गुणस्तरीय टायल्स उत्पादन गरिरहेको नेपाल सेरामिक ईण्डष्टिज प्रा. लि ले आफ्नो उत्पादन तथा प्रबिधिकाे बारेमा जानकारी दिन अन्तरक्रिया कार्यक्रम राखेको छ । नेपाेभिट टायल्स संग सम्बन्धित सराेकारवालासंग बाराकाे जितपुरसिमरा वडा ८ स्थित फ्याक्ट्री परिसरमा अन्तरक्रिया कार्यक्रम असार ३० गते बिहान ८:०० बजे गर्न लागेको हाे ।
निपाेभिटद्वारा अन्तरक्रिया कार्यक्रम गरिँदै

