जनमतबाट अनितादेवीको नाम सिफारिस

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा असार २७ गते:

जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह जनमत पार्टीको कर्यकारिणी सदस्य एंव सांसद हुन् ।

प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा जनमत पार्टीका अध्यक्ष डा. राउतसँग पटकपटक छलफल गर्दै आएका थिए । पछिल्लो समय सोमबार प्रधानमन्त्री प्रचण्ड र राउतका बीचमा सरकारमा सहभागी हुने’boutमा छलफल भएको जनमत पार्टी महासचिव चन्दन सिंहले बताए ।

यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी भइरहेको पुष्टि गरेका थिए । त्यस्तै, यसअघि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री थिए ।सभार राजधानी दैनिक ।

जनमत पार्टीले विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले जनमतलाई कुन मन्त्रालय दिने भन्ने निर्णय गर्नसकेका छैनन् । उनी आफूनिकटका नेताहरूसँग उनी आन्तरिक छलफलमा छन् । प्रधानमन्त्री सचिवालयका अनुसार जनमत पार्टीलाई सरकारमा ल्याउने’bout छलफल भइरहेको थियो ।

तर, कुन मन्त्रालय दिने भन्ने’bout निर्णय हुन सकिरहेको थिएन । जनमतले उद्योग, भौतिक पूर्वाधार, सहरीजस्ता मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । विकासे मन्त्रालय नपाएको अवस्थामा एक राज्यमन्त्रीसहित अन्य मन्त्रालय पाउनुपर्ने सर्त जनमतका अध्यक्ष राउतले अघि सारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिन खोजेको स्रोतको दाबी छ । यी दुवै मन्त्रालय माओवादी केन्द्रको भागमा छ । कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई दिने आन्तरिक तयारीमा प्रधानमन्त्री रहेको भए पनि जनमतले मानिरहेको छैन । यी मन्त्रालय पाउँदा एक राज्यमन्त्री पनि पाउनुपर्ने सर्त जनमतको रहेको स्रोतको दाबी छ ।

जनमतले खोजेको उद्योग मन्त्रालय नेपाली कांग्रेसको भागमा छ । अन्य मन्त्रालय प्रधानमन्त्री दिन सक्ने अवस्थामा रहेका छैनन् । उद्योग मन्त्रालय नै दिने हो भने माओवादी केन्द्रबाट एक मन्त्रीलाई फिर्ता बोलाउनैपर्ने हुन्छ । माओवादी केन्द्रका एक मन्त्री फिर्ता बोलाएर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई अर्को मन्त्रालय दिनैपर्ने हुन्छ ।

सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदी वा पर्यटनमन्त्री सुदन किरातीमध्ये एकलाई फिर्ता बोलाउने तयारी भइरहेको छ । जनमतले खोजेको अन्य मन्त्रालय अरू पार्टीको भागमा परेकाले प्रधानमन्त्री प्रचण्डले बढी हेरफेर गर्न चाहेका छैनन् । जनमत पार्टीका महासचिव सिंहले प्रधानमन्त्री प्रचण्डले सरकारमा आउनका लागि आग्रह गरेको बताएका थिए ।

जनमत पार्टी पनि सरकारमा जान तयार रहेको बताउँदै उनले त्यसका लागि ठोस निर्णय गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्री प्रचण्ड र हाम्रो पार्टीका अध्यक्ष सीके राउतसँग सरकारमा सहभागी हुने’boutमा पटकपटक छलफल भएको हो, प्रधानमन्त्रीले सरकारमा सहभागी हुनका लागि आग्रह गर्दै आउनुभएको छ,’ सिंहले भने, ‘हामी पनि सरकारमा जानका लागि सकारात्मक छौं, त्यसका लागि ठोस निर्णय आवश्यक छ ।’

प्रधानन्त्री प्रचण्ड र जनमतका अध्यक्ष राउतबीचमा पटकपटक छलफल भइरहेको र छिट्टै सरकारमा सहभागी हुने बताइएको थियो । जनमतलाई सरकारमा सहभागी गराउनका लागि एक मन्त्रालय खाली गराउनुपर्ने भएकाले त्यो निर्णय हुनेबितिकै जनमत पार्टी सरकारमा जाने नेताहरूले बताउँदै आएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ