चितवनमा मिनि ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भिर घाइते

सेयर गर्नुहोस्

चितवन, पुस २९-

चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो । मोटरसाईकलमा पछाडी सवार रहेका रत्ननगर नगरपालिका १० का २७ वर्षीय बिश्वास महत्तो गम्भिर घाइते भएका छन् । महत्तोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो १२ः२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेकोे ना. ४२ प.४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएकोे ना.४ ख.५३०१ नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।