स्पर्श खबर जितपुर बारा असार १गते:
जीतपुरको सडकमै केमिकलको ड्रम सफा गर्दा केमिकलको कारण स्थानिय बिमारीकाे चपेटामा ।
बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका जीतपुरमा सडकमै केमिकलको ड्रम सफा गर्दा स्थानियहरुमा केमिकलको कारण स्वास्थ्यमा समस्या देखिन थालेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकामा रहेको ड्रम सफा गर्ने पसलहरुले सडकमै ड्रम सफा गर्दा ड्रमबाट निस्कने केमिकल सडकमै फाल्दा सडकमा हिड्ने स्थानियहरुको स्थास्थ्यमा समस्या देखिन थालेको हो ।
केराढोका स्थित रहेकको ड्रमको हार्डवेयर पसलहरुमा तेल, मोबिल, पेन्ट, खेतमा प्रयोग हुने विषादियुक्त केमिकल, ब्याट्रिमा प्रयोग हुने पानि सहित विभिन्न किसिमको केमिकल प्रयोग भएको ड्रमलाई सफा गरि पुनः बेच्ने काम गरिन्छ ।
केमिकल प्रयोग भएको ड्रमलाई सडकमै सफा गर्दा सफा गर्ने क्षेत्र दुर्गन्धित हुनुका साथै त्या बस्ने स्थानियहरुको स्वास्थ्यमा समेत समस्या आउने गरेको छ ।
स्थानियहरुको अनुसार सडकमा हिडडुल गर्दा सडकमा पोखिएका केमिकलहरु खुटामा लागेर खुटा सुन्निने गरेको छ भने घरमा पाल्ने हाँस, कुखुरा लगायत बाख्राहरुको स्वास्थ्यमा समेत समस्या हुने गरेको जितपुरसिमरा नगर उधाेग बाणिज्य संघका सदस्य सताेष कुशाहवले स्पर्श खबरलाइ बताए ।