वडा अध्यक्ष गुप्ताको अध्यक्ष्तामा जीतपुर स्कुलको व्यवस्थापन समिति गठन

सेयर गर्नुहोस्

एस.एस. पटेल, बारा । पुस २७ गते

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको व्यवस्थापन समिति गठन भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को अनुसार सो बिधयालयको व्यवस्थापन समितिको अध्यक्षमा सोहि वडाका वडा अध्यक्ष सुनिल कुमार गुप्ता सर्वसम्मतले चयन हुनुभएको हो ।

जिल्लाकै सबैभन्दा पुरानो स्कुल भनेर चिनिने श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालय जीतपुरको प्रांगणमा बुधवार विद्यालय व्यवस्थापन समिति गठनकोका लागि आयोजना गरिएको अभिभावक भेला बाट सुनिल कुमार गुप्ताको अध्यक्षतामा ४ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको छ । व्यवस्थापन समितिको महिला सदस्यमा रिंकु देवी कानु सदस्यमा रमेश कुमार सहनी,अफरोज आलम र बिद्यालय शिक्षक अभिभावक संघको अध्यक्ष अफताब मिया ठकुराई चयन हुनुभएको हो ।अभिभावक भेला कार्यक्रमको प्रमुख अतिथि रहेको प्रदेश सभा सदस्य देवनारायण चौधरीले आफु शिक्षा क्षेत्रमा प्रवेश गरेको बिद्यालयको कार्यक्रममा सहभागी हुदा निकै नै गर्व महासुसु गरेको र आउदो दिनमा प्रदेश सभा सदस्यको हैसियतले श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सुनिल कुमार गुप्ताको अध्यक्षतामा गठन भएको ४ सदस्यीय बिद्यालय व्यवस्थापन समितिको सम्पूर्ण सदस्यलाई बधाई को साथ् साथै कार्यकालको सफलता को कामना दिनु भयो ।

श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको पूर्व अध्यक्ष रामबाबु प्रसाद कलवारले आफु सुनिल गुप्ताको अध्यक्षतामा गठन भएको समितिलाई सहयोग गर्ने र बिगतको कार्यकालमा उहाँले बिद्यालयको लागि गरेको कार्यहरुको बारेमा सबै समक्ष जानकारी गराउदै नवगठित बिद्यालय व्यवस्थापन समितिको सबै सदस्यलाई उहाँले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकाम व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमलाइ समापन गर्दै वडा न ७ को अध्यक्ष एव श्री फकिरा गिरि राजेश्वर गिरिको अध्यक्ष सुनिल कुमार गुप्ताले अब आफुले आफ्नो कार्यकाल भित्र नै बिद्यार्थी संग कुनै शुल्क समेत न लिने गरेको र यस बिद्यालय बाट छिटै बैचलर लेभलको पढाई हुने गरि व्यवस्था गर्ने बताउनु भयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारि, जीतपुरसिमरा उपमहानगर खेलकुद तथा शिक्षा शाखा प्रमुख शिवजी प्रसाद लगाएत पुर्व व्यवस्थापन समितिको अध्यक्ष र सदस्यलाई सम्मान समेत गरेको थियो । उक्त अभिभावक भेला कार्यक्रममा बिद्यालयको शिक्षक, शिक्षिका, जनप्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।