क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

spot_img
spot_img

क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
स्पर्श खबर जितपुर बारा बैशाख १७ गते ।

नेपाल अर्बुद रोग बिजेता समाजको आयोजना तथा कोशी प्रदेश प्रहरी श्रीमती संघको सहकार्यमा १ दिने पाठेघर तथा स्तन क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी श्रीमती संघकी कोषाध्यक्ष श्रीमती सिर्जना नेपाल दाहालको प्रमुख आतिथ्यतमा प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा बिशेष गरी महिला प्रहरी कर्मचारीहरु, तथा प्रहरी परिवारका सदस्यहरु र कोशी प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरुका साथै अन्य प्रहरी कर्मचारीहरु गरी १५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल क्यान्सर सरभाईबर सोसाईटीको अध्यक्ष प्रतिमा खनाल, बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. अस्मिता रायमाझी, बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. ज्योती ओझा र नेपाल क्यान्सर सरभाईबर सोसाईटीको बोर्ड सदस्य पुजा कुवँरले आ-आफ्नो अनुभव सहित प्रशिक्षण दिनु भएको थियो ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी श्रीमती संघको तर्फबाट नेपाल अर्बुद रोग बिजेता समाजलाई सहयोग स्वरुप नगद रु १००००।– सहयोग प्रदान गर्नु हुँदै श्रीमती संघकी कोषाध्यक्ष श्रीमती सिर्जना नेपाल दाहालले नेपाल प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारजनहरुले महिलाहरुमा हुने क्यान्सर रोग सम्वन्धी ज्ञान हासिल एवं विशेषज्ञ चिकित्सकहरुबाट राय सुझाब प्राप्त गरी लाभान्वित भएको र सचेतना कार्यक्रममा सहकार्य गर्न पाँउदा मनोवल बढेको महसुस भएको बताउनु भयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ