बारा: बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

सेयर गर्नुहोस्

बारा, पुस १९ गते ।

इलाका प्रहरी कार्यालय निजगढले छिमेकी १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो ।

चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ जबरजस्ति करणी गरेको भनेर आफ्न्तले जानकारी दिएपछि शनिवार राति नै पक्राउ गरेको निरीक्षक ओलीले जानकारी दिए । जिल्ला अदालतबाट म्याद लिएर चौधरीमाथि जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक ओलीले बताए ।