संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन सांसद मनोनीत

spot_img
spot_img

स्पर्श खबर जितपुर बारा बैशाख १३ गते:संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन जना सांसद मनोनीत भएका छन्। राष्ट्रियसभाको आजको बैठकले सांसदहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझीलाई उक्त समितिमा मनोनीत गर्ने सहमति दिएको हो।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ को उपनियम २ बमोजिम संसदीय सुनुवाइ समितिमा उनीहरूलाई मनोनीत गर्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिफारिस गरेका थिए। अध्यक्ष तिमिल्सिनाले गरेको मनोनयन सिफारिस प्रस्तावलाई राष्ट्रियसभाले सहमति दिएको हो।

प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदमा नियुक्तिका लागि प्रस्ताव गरिएका नाममा सुनुवाइका लागि संसदीय समिति रहने व्यवस्था छ।

समितिमा प्रतिनिधिसभाको सहमति लिई सभामुखले मनोनीत गरेका प्रतिनिधिसभाका १२ जना र राष्ट्रियसभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका राष्ट्रियसभाका तीन जना गरी कूल १५ जना सदस्य रहने व्यवस्था छ। समितिको सभापति सदस्यमध्येबाट एक जना चयन हुने व्यवस्था छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img
विज्ञापनspot_img

ताजा खबर:

विज्ञापनspot_img
विज्ञापनspot_img

ट्रेन्डिङ