स्पर्श खबर जितपुर बारा बैशाख १३ गते:
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरको फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले चासो न देखाएको कारण पुरै जीतपुर बजारनै फोहोरमै बनेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको राजधानी रहेको जीतपुर बजारमा पनि उपमहानगरले फोहोर व्यवस्थापन गर्न सकेको छैन ।
१ हप्ता देखि फोहोर व्यवस्थापन हुन् नसके पछि खबर पाउने बितिकै बुधवार बिहान जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल गुप्ताले आफै नगरपालिकाको ट्याक्टर पिकअप र सरसफाई कर्मीलाई लिएर सरसफाईमा जुटेका छन् ।जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा फोहोर व्यवस्थापन न भएको कारण दैनिकी बजार गर्न आउनेको संख्या समेत घटेको वडा अध्यक्ष गुप्ताले बताउनु भयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ताले आफुले नगरप्रमुखलाइ बारम्बार फोहोर व्यवस्थापन गर्न अनुरोध गरे पनि नगरप्रमुख राजन पौडेलले आश्वासन मात्र दिने गरेको बताउनु भएको छ ।
त्यस्तै उहाँले अब हरेक दिन सरसफाइ कर्मीलाई फोहोर उठाउन निर्देशन समेत दिनु भएको छ । अब देखि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले फोहोर व्यवस्थापनमा चासो लिदैं भने वडा न ७ को कार्यालय बाट प्रदान हुने सेवा प्रवाह बन्द गर्ने समेत अध्यक्ष गुप्ताले बताउनु भयो ।